बैशाख १७, २०८१, सोमबार
               

दर्शकले रुचाए टाइगरको एक्सन

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

टाइगर श्राफ स्टारर  बलिउड चलचित्र 'बाघी ३' रिलिज भइसकेको छ । शुक्रबार रिलिज भएको यस चलचित्र समीक्षात्मक रुपमा राम्रो बनेको छ । विशेषगरी चलचित्रमा अभिनेता टाइगर श्राफको एक्सनलाई धेरैले रुचाएका छन् । 

अकल्पनिय एक्सन दृष्यहरु टाइगरले गरेको भन्दै धेरैले उनको तारिफ गरेका छन् । बाघी ३ बाट बलिउड चलचित्र एक्सनमा एक फड्को मार्न सफल भएको धेरैको भनाई छ । 

टाइगरले यस चलचित्रको लागि निकै मेहनत गरेका थिए । शरीर बनाउने देखि फाइट सिक्नेसम्म उनको पूर्व तयारी थियो ।
चलचित्रकी नायिका श्रद्धा कपुर भने टाइगरको छायामा परेकी छिन् । टाइगरको अगाडि उनको कुनै चर्चा सुनिएको छैन । 

चलचित्र व्यापारिक रुपमा पनि निकै राम्रो देखिएको छ । चलचित्रले रिलिजको पहिलो दिन नै १७ करोड ५० लाखको व्यापार गरेको छ । एक्सन तथा थ्रिलर चलचित्र ‘बाघी ३’ लाई अम्हेद खानले निर्देशन गरेका छन् । चलचित्रमा सजिद नाडिअडवालाको लगानी छ ।
 


कस्तो लाग्यो ?

यो पनि