बैशाख १७, २०८१, सोमबार
               

पोल डान्स सिक्दै अक्षय

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

भारतीय अभिनेता अक्षयकुमार आफ्नो फिटनेस को धेरै ख्याल राख्छन् । उनी आफूलाई फिट राख्न धेरै व्यायाम गर्ने गर्दछन् । अब भने उनी पोल डान्स गर्न थालेका छन् । अक्षयको पछिल्लो दिनचर्या पोल डान्स भएको छ ।

बम्बई टाइम्ससँग कुराकानी गर्दै अक्षयले आफ्नो नृत्यमा पोल डान्स थप्नुको कारण बताए । अक्षयले भने, 'म पोल डान्स सिक्दै छु। मैले भर्खर यसको कक्षा लिन सुरु गरेँ । म धेरै रमाइ रहेको छु।'

अक्षयले कुनै चलचित्रका लागि यो डान्स नसिकेको बताए । उनले कहिले नसिकेको कारण पोल डान्स सिकेको प्रतिक्रिया दिए । यसलाई आफूलाई पूर्णता दिन सहयोग पुग्ने उनले बताए ।

 

अक्षयको चलचित्र 'सूर्यवंशी' मार्च २४  मा रिलिज हुँदै छ । यस फिल्ममा उनीसँग कैटरिना कैफका साथ मुख्य भूमिकामा छन् । यसपछि अक्षय चलचित्र 'लक्ष्मी बम'मा देखिनेछन् । सलमान खानको फिल्म 'राधे'ले बक्स अफिसमा अक्षयको फिल्मसँग प्रतिस्पर्धा गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि