बैशाख १७, २०८१, सोमबार
               

भाइसँग साराको बिकिनी पोज, भइन् ट्रोलको शिकार

एजेन्सी
फागुन २३, २०७६

ADVERTISEMENT

एजेन्सी । सारा अली खानका भाइ तथा सैफअली खान–अमृता सिंहका छोरा इब्राहिम अली खान १९ वर्षका भए । 

साराले हालै आफ्नो इन्सटाग्राममा इब्राहिमसँगको तस्विर शेयर गरेकी छिन् । जुन तस्विर माल्दिभ्समा खिचिएको हो ।

तस्विर शेयर गर्दै साराले लेखकी छिन्, 'जन्मदिनको धेरै धेरै शुभकामना भाइ । तिमीलाई यति धेरै माया गर्छु कि त्यो मलाइ नै थाहा छैन । आज धेरै मिस गरिरहेको छु । यदि म तिमीसँग भएको भए ।'

यस तस्विरसँगै सामाजिक सञ्जालमा सारा ट्रोलको शिकार भएकी छिन् । 

किनकी तस्विरमा सारा भाइसँग बिकिनीमा देखिएकी छिन् । ट्रोलर्सले उनलाई ट्रोल गर्दै विभिन्न कमेन्ट गरेका छन् ।

कसैले लेखेका छन्, 'दिदी केही लाज त मान' । कसैले लेखेका छन्, 'जन्मदिनमा बधाइ दिनको लागि यही तस्विर मात्र भेट्यौ ?'

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, 'भाइसँग यसतो पहिरनमा कसले पोज दिन्छ ?'

अहिले सारा घरमा छैनिन् । उनी आनन्द एल रायको फिल्म 'अन्तरंगी रे' को सुटिङको लागि बनारसमा छिन् । 

फिल्ममा सारा अक्षय कुमार र धनुषको साथमा देखिनेछिन् ।


कस्तो लाग्यो ?

यो पनि