बैशाख १७, २०८१, सोमबार
               

'२ नम्बरी'मा भुटानी नायिकाको इन्ट्री

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

चलचित्र २ नम्बरीमा भुटानी नायिकाको प्रवेश भएको छ । भुटानी चलचित्रकी नायिका, निर्मात्री तथा निर्देशक समेत रहेकी उगेन छेदेनले २ नम्बरीमा काम गर्ने पक्का भएको हो । 

निर्देशक दीपेन्द्र लामाले आफ्नो चलचित्रमा सुहाउने भूमिका भएकाले उगेनलाई चलचित्रमा लिएको बताए । उनले भने, ‘हामीलाई भुटानी क्यारेक्टर नै चाहिएको थियो । त्यसैले उहाँलाई अफर गरेको हुँ ।’

उगेनले पनि नेपाली चलचित्रमा काम गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बोलिन । उनले आफू नेपाली चलचित्र र कलाकारको फ्यान नै भएको बोलिन् । 

चलचित्रमा उगेनले नायक दयाहाङ राईसँग जोडी बाँध्नेछिन् । चलचित्रमा दयाहाङ र उगेनसँगै पल शाह र वर्षा राउतको पनि मुख्य भूमिका रहेको छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रको आगमी साताबाट छायांकन सुरु गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि