बैशाख १७, २०८१, सोमबार
               

सलमानको अफर रिजेक्ट गर्ने श्रद्धा

एजेन्सी
फागुन २२, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपूरले गत मंगलबार  आफ्नो जन्मदिन मनाइन् । उनी ३३ वर्ष पुगेकी छन् । 

बलिउडका लागि उनले हैदर, आशिकी २, स्त्री जस्ता उत्कृष्ट फिल्म खेलिसकेकी छिन् । 

उनी २०१६ मा फोब्सको सूचीमा एशियाको ३० वर्षभन्दा कम उमेरको दमदार ३० महिलाको सूचीमा समेत परेकी थिइन् । 

श्रद्धाले २९ वटा फरक–फरक पुरस्कार पाएकी छन् । 

२०१० मा फिल्म ‘तीन पत्ती’बाट बलिउडमा डेब्यू गरेकी श्रद्धा महानायक अमिताभ बच्चनका साथ देखिएकी थिइन् । फिल्ममा श्रद्धाको छोटो भूमिका थियो ।

श्रद्धाको रुची सानैदेखि अभिनयमा थियो । उनी आमाबुबाको कपडा लगाएर हिन्दी फिल्मको डाइलग बोल्ने गर्थिन् । उनले डान्स पनि राम्रो गर्थिन् ।

१६ वर्षको उमेरमा श्रद्धालाई फिल्म ‘तीन पत्ती’अभिनयको अफर आएको थियो । 

त्यसअघि स्कुलको एक नाटकमा श्रद्धाको प्रस्तुती देखेर अउिड स्टार सलमान खानले उनलाई अभिनय अफर गरेका थिए । 

तर, त्यो समयमा श्रद्धाको मनोविद् बन्ने उद्देश्य थियो । त्यसैले उनले उक्त अफिनय अफर रिजेक्ट गरेकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि