बैशाख १७, २०८१, सोमबार
               

साउन ३० मा आउने भयो 'पानी फोटो'

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

खगेन्द्र लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘पानी फोटो’ले आफ्नो रिलिज मिति पक्का गरेको छ । चलचित्रले साउनको ३० लाई रिलिज मिति पक्का गरेको छ । 

खगेन्द्रले लेखेको पुस्कत ‘पानी फोटो’लाई चलचित्रको रुप दिइएको यस चलचित्रले १५ वर्षअघि बेपत्ता छोरोको पर्खाइमा बसेका बाबु–आमाको कथा भन्छ ।

चलचित्रमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, बुद्दि तामाङ लगायतको अभिनय रहेको छ ।

‘टुकी आर्ट्स’ र ‘मञ्जुश्री फिल्म प्रोडक्सन’को सहकार्यमा बनेको यस चलचित्रलाई तत्कालीन सरकार–माओवादी द्वन्द्वको उद्गमस्थल रोल्पाको होलेरीमा पुगेर खिचिएको छ ।


कस्तो लाग्यो ?

यो पनि