बैशाख १७, २०८१, सोमबार
               

लण्डनका दर्शकले रुचाए पुष्प र साम्राज्ञीको 'मारुनी'

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

चलचित्र ‘मारूनी’लाई लण्डनका दर्शकमाझ प्रदर्शन गरिएको छ । लण्डनका दुई शहरमा चलचित्रको प्रदर्शन गरिएको थियो । 
दुई शोमा नै दशर्कको उत्साहजनक साथ रहेको निर्मात्री पूनम गौतमले बताइन् । दुबै शो हाउसफुल भएको निर्मात्री पूनमको भनाई छ । 

उनले भनिन्, ‘दर्शकको उपस्थितीले त खुसी बनाएको नै थियो, त्यो माथि चलचित्रलाई सबैले रुचाउनु भएको छ । त्यसले थप खुसी दिएको छ ।’ दर्शकले चलचित्रको विषयबस्तु र प्रस्तुतीलाई दशर्कले रुचाएको पूनमले सुनाइन् । 

निर्मात्री पूनम गौतम नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा लण्डन पुगेकी थिइन् । नायिकासँग बसेर चलचित्र हेर्न पाउँदा दर्शक पनि खुसी थिए । लण्डनमा ‘चितवन युथ युके’ले शोको आयोजना गरेको थियो । 

केशी देशहरुमा चलचित्रको प्रदर्शन भइसकेको छ । अझै केही देशहरुमा शो बाकीँ रहेको निर्मात्री पूनमले बताइन् । अब स्कटल्याण्ड, अमेरिका र भारतमा चलचित्रको शो पक्का भएको उनले सुनाइन् । 

नवल नेपालको निर्देशनमा बनेको ‘मारूनी’मा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङको मुख्य भूमिका रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि