बैशाख १७, २०८१, सोमबार
               

यस्तो बन्यो रेखा र सविनको 'हिरो रिटर्न्स'को ट्रेलर

नेपाल फ्ल्यास
फागुन २१, २०७६

ADVERTISEMENT

नायिका रेखा थापाले चलचित्र ‘हिरो’बाट नेपाली रजतपटमा डेब्यु गरेकी हुन् । यसै चलचित्रको नामलाई सापट लिएर रेखाकै चलचिबाट डेब्यु गरेका नायक सविन श्रेष्ठले ‘हिरो रिटर्न्स’ बनाएका छन् । मुख्य भूमिकामा रेखा र सविन नै प्रस्तुत छन् । 

बुधबार एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा रेखा, सविनसँगै दिल श्रेष्ठ, सरोज खनाललाई देखाइएको छ । ट्रेलरमा एक्सन, प्रेम र विछोडको कथालाई समेटिएको छ । रेखा र सविनको एक्सनलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।

आशिष भेटवालले निर्देशन गरेको चलचित्रलाई भिम न्यौपाने र धुर्व न्यौपानेले निर्माण गरेका हुन् । ‘धुर्व तारा फिल्मस्’ र ‘सोम ओम फिल्मस्’को संयुक्त व्यानरमा यस चलचित्र निर्माण भएको छ । 

बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा शिवम अधिकारीको लेखन, कास्यप घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, दीपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजले कोरियोग्राफी तथा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि