जेठ ०२, २०८१, बुधबार
               

'प्रेम गीत ३'को टिजरमा प्रदीपको 'एङ्ग्री लुक्स'

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

चलचित्र ‘प्रेम गीत’को तेस्रो सिरिज ‘प्रेम गीत ३’ यस वर्षको प्रतिक्षित चलचित्रमा एक हो । मंगलबार यसै चलचित्रको टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, नव-कलाकार मनिष राउत र अभिनेता शिव श्रेष्ठलाई विषेश स्थान दिइएको छ ।

एक्सन प्रधान चलचित्रमा प्रदीपको ‘एन्ग्री लुक्स’ देखाइएको छ । दाजु-भाई बनेका प्रदीप र मनिषको भिडन्तलाई पनि टिजरमा समेटिएको छ । 

चैत २८ गते रिलिज हुने चलचित्रमा शिव, प्रदीप र मनिषसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय छ । 

२ सय वर्ष पूरानो कथामा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’लाई सन्तोष सेनले निर्माण गरेका हुन् । सन्तोष र छेतेन गुरुङको संयुक्त निर्देशनमा तयार भएको चलचित्रलाई निर्देशक गुरुङ र मन्दीप गौतमको लेखेका हुन् । राजेश श्रेष्ठले खिचेको चलचित्रलाई बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत, कविराज गहतराजले कोरियोग्राफी, हिमाल केसीले एक्सन रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि