जेठ ०२, २०८१, बुधबार
               

'नीरफूल'को ट्रेलरमा भूकम्पपछिको पीडा

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

चैत ७ गतेलाई रिलज लक्ष्य बनाएको चलचित्र 'नीरफूल'को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा भूकम्पका कारण एउटा निम्न वर्गिय परिवारले भोग्नु परेको पीडालाई देखाइएको छ । 

चलचित्रका मुख्य कलाकार दयाहाङ राई र शान्ति वाइवाले भूकम्पपछि आफ्नो सन्तान गुमाउनु परेको पीडालाई ट्रेलरमा देखाइएको छ । हाराएको छोरी खोज्नको लागि दयाहाङ र शान्ति विभिन्न निकायसम्म पुगे पनि कुनै निकायले छोरी खोज्न चासो नदिएको ट्रेलरमा देखाइएको छ ।

फूलमान वलको निर्देशनमा तयार भएको यस चलचित्रमा दयाहाङ र शान्तिसँगै बुद्धि तमाङ, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । चलचित्रमा रेखा थापा अतिथि कलाकारको रुपमा प्रस्तुत भएकी छिन् ।

सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा लेखेको 'नीरफूल'मा प्रमोद कार्कीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि