जेठ ०३, २०८१, बिहीबार
               

एक्सन फिल्ममार्फत रणदीपको हलिउड डेब्यु

एजेन्सी
फागुन २०, २०७६

ADVERTISEMENT

अभिनेता रणदीप हुडा भर्खरै मात्र निर्देशक इम्तियाज अलीको फिल्म ‘लभ आजकल’ मा देखिएका थिए । छिट्टै उनी नेटफ्लिक्सबाट रिलिज हुने फिल्म ‘एक्सट्रयाक्सन’ मार्फत हलिउडमा इन्ट्री गर्दैछन् । उनको फस्र्ट लुक पनि सार्वजनिक भएको छ, उहाँ उनले हातमा बन्दूक बोकका छन् ।

णदीपका अनुसार फिल्ममा उनले एक्सन देखाउँदैछन् । यसका लागि उनले कडा मेहिनत गर्नुपरेको छ । आफ्नो हलिउड डेब्युबारे रणदीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस फिल्ममा मलाई धेरै एक्सन दृश्य गर्ने मौका मिल्यो ।

सायद म कुनै हलिउड फिल्ममा यति भरपूर एक्सन भूमिका निभाउने पहिलो भारतीय पूरुष हुनसक्छु । हेम्सवर्थ, रुसो, ब्रदर्स र निर्देशक साम हार्गे्रवसँग काम गर्दाको अनुभव शान्दार रह्यो ।’

रणदीपका अनुसार आफ्नो भूमिका निभाउनका लागि उनले निकै कडा मेहिनत गरे । त्यसका लागि दिनमा दुईपटकसम्म रिहर्सल गर्नुपरेको उनले बताएका छन् । यस फिल्मको मुख्य भूमिकामा हलिउड स्टार क्रिस हेम्सवर्थ छन् ।

रणदीप बलिउड फिल्म ‘राधे’ मा पनि देखिदैंछन् । यो फिल्म यसै वर्ष इदका अवसरमा रिलिज हुनेछ । यहाँ, सलमान खान र दिशा पाटनी मुख्य भूमिकामा छन् । 


कस्तो लाग्यो ?

यो पनि