बैशाख २२, २०८१, शनिबार
               

५४ वर्षमा पनि उस्तै फिट सलमान, यस्तो छ दैनिकी

एजेन्सी
फागुन २०, २०७६

ADVERTISEMENT

बलिउड स्टार सलमान खान सधैं फिट देखिन्छन् । आफ्नो मिलेको जिउडाल र सुन्दर अनुहारका कारण पनि सलमानले लाखौं फ्यान कमाएका छन् । उनलाई ‘सर्टलेस वन्डर’ पनि भनिन्छ । सलमानका अनुसार ५४ वर्षको उमेरमा पनि उस्तै फिट हुनुको रहस्य कडा परिश्रमको उपज हो । व्यायामका क्रममा हरेक दिन उनी ३ हजार क्यालोरी बर्न गर्छन् । कहिलेकाँही राति २ बजे समेत व्यायाम गर्छन् ।
सलमानको डाइट प्लान निकै कडा छ । उनलाई कुनै समय पाउ भाजी, आइसक्रिम र पिज्जा मन पथ्र्यो । तर, मनीष अदभिल्करलाई आफ्नो जिम प्रशिक्षक नियुक्त गरेयता उनले यस्ता आहार सेवन गर्न छाडेका छन् । माछा, अन्डाको सेतो भाग, मासु, दूधलगायत प्रोटिनयुक्त खाद्यान्न अत्यधिक प्रयोग गर्छन् । सुगरयुक्त खानेकुरा कम खान्छन् ।

वर्कआउट प्लान

वान्टेड, वीर, किकलगायत फिल्ममा सलमानले आफ्नो सुगठित शरीर प्रदर्शन गरिसकेका छन् । उनले पछिल्लो २० वर्षदेखि आफ्नो शरीरलाई झन् सुगठित बनाउँदै लगेका छन् । उनको बलियो शरीरको रहस्य नै खानपान र कडा व्यायाम हो । उनी दैनिक २ हजारपटक सिट–अप गर्छन् । १ हजारपटक पुसअप गर्छन् । ५ सय पटकसम्म एब्डोमिनल क्रन्चेस गर्छन् । दैनिक कम्तीमा ३ घन्टा व्यायाम गर्छन् । एब्स, बाइसेप र ट्राइसेपको अभ्यासमा ध्यान केन्द्रित गर्छन् । उनलाई हिँड्न र साइक्लिङ गर्नमा पनि उत्तिकै रुचि छ । उनी दैनिक १० किलोमिटर साइक्लिङ गर्छन् ।

डाइट चार्ट
ब्रेकफास्ट : ४ अन्डा (सेतो भाग मात्रै), फ्याट कम भएको दूध
व्यायामअघि : २ वटा अन्डा (सेतो भाग), एमिनो एसिड ट्याब्लेट, प्रोटिन सेक
व्यायामपछि : आल्मोन्ड, ओट्स, ३ वटा अन्डा, प्रोटिन बार
लन्च : सलाद र तरकारी, ५ वटा रोटी (शाकाहारी भोजन)
स्न्याक्स : प्रोटिन बार र बदाम
डिनर : तरकारीको सुप, माछा÷चिकेन, अन्डाको सेतो भाग २ वटा


कस्तो लाग्यो ?

यो पनि