बैशाख १४, २०८१, शुक्रबार
               

‘सूर्यवंशी’को मसलेदार ट्रेलर रिलिज

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

अक्षय कुमार स्टारर चलचित्र ‘सुर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको ट्रेलरलाई निकै मसलेदार बनाइएको छ । 

४ मिनेट लामो ट्रेलरमा अक्षय कुमारसँगै अजय देवगण र रणवीर सिंहलाई पनि ट्रेलरमा स्थान दिइएको छ । चलचित्रकी नायिका कट्रिना कैफलाई पनि ट्रेलरमा देखाइएको छ । ट्रेलरमा एक्सन, कमेडी तथा पारिवारिक पीडाको कुरालाई पनि स्थान दिइएको छ ।

रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रले एक प्रहरी अफिसरको कथालाई प्रस्तुत गरेको छ । चलचित्रले मार्च २४ लाई रिलिज मिति पक्का गरेको छ ।

‘रिलायन्स इन्टरटेन्टमेन्ट’, ‘रोहित सेट्टी पिक्चर्स’ले निर्माण गरेको चलचित्रमा ‘धर्मा प्रोडक्सन’ र ‘क्याप अफ गुड फिल्मस्’ले पनि निर्माणमा सहकार्य गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि