बैशाख २२, २०८१, शनिबार
               

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

यही फागुन २१ गते बुधबरदेखि काठमाडौंमा हुन लागेकाे आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित  गरिएकाे छ । 

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले सभा, सम्मेलन, महोत्सवहरू नगर्न गरेको आह्वानकाे सम्मान गर्दै महोत्सव स्थगित गर्ने निर्णय गरिएको मानव अधिकार चलचित्र केन्द्रका कार्यकारी निर्देशक पाण्डवब खत्रीले बताए । 

मानव अधिकार चलचित्र केन्द्रले वार्षिक रुपमा सञ्चालन गर्दै आइरहेको महोत्सवमा नेपाल र नेपालबाहिर मानव अधिकारका विषयमा बनेका चलचित्रहरु प्रदर्शन गर्ने गरिएको छ । यस वर्ष ३२ देशका ८४ चलचित्र महोत्सवमा प्रदर्शनका लागि छानिएका थिए । महोत्सवमा भाग लिन १७ देशका २२ जना विदेशी फिल्म मेकरहरू नेपाल आउन लागेका थिए । 

महोत्सवको अर्को मिति स्थिति सामान्य भएपछि घोषणा गरिने र आठौं महोत्सवमा प्रदर्शनका लागि छानिएका चलचित्रहरु नै आगामी मितिमा पनि प्रदर्शन गरिने आयोजकले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि