जेठ ०२, २०८१, बुधबार
               

नितेशजंगसँग जोडी बाँध्दै अदिती

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

नायक अनमोल केसीसँग जोडी बाँधेर चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका हुन्, अदिती बुढाथोकी । डेब्यु चलचित्र ‘कृ’बाट उनको निकै तारिफ भएको थियो । चलचित्र क्षेत्रमा आशलाग्दो अनुहारको रुपमा अदितीलाई हेरिएको थियो । 

तर, अदिती बीचमा केही समय मुम्बाई पुगिन् । बलिउड प्रवेश गर्ने सोचले उनी मुम्बाई पुगेकी थिइन् । उनले केही हिन्दी गीतहरुमा भने अभिनय गरेकी छिन् । 

अहिले अदिती पुनः नेपाली चलचित्रमा काम गर्ने सोच सहित नेपाल आएकी छिन् । उनी आफ्नो डेब्यु चलचित्र निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा काम गर्न नेपाल आएकी हुन् । 

'बेन्जो' नाम राखिएको उक्त चलचित्रमा अदितीले गायक नितेशजंग कुँवरसँग जोडी बाध्नेछिन् । अहिले नितेश र अदिती दुवै चलचित्रको वर्कसपमा व्यस्त छन् । 

युवा पुस्तामा रुचाइएका गायक नितेशजंगले यसै चलचित्रबाट डेब्यु गर्न लागेका हुन् । अदितीले पनि पहिलो चलचित्रबाट राम्रो फ्यान कमाएकी छिन् । यी दुईको जोडीलाई पर्दामा हेर्न दर्शक उत्साहित छन् । 

यो पनि