जेठ ०२, २०८१, बुधबार
               

अब चैतमा फुल्ने भयो ‘नीरफूल’

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

काठमाडौं ।  सञ्‍चारकर्मी फूलमान वलद्धारा निर्देशित फिल्म ‘नीरफूल’ को प्रदर्शन मिति एक हप्ता पछाडि  सरेको छ । 

यसअघि फागुन ३० मा प्रदर्शन मिति (रिलिज डेट) तय गरिएको थियो । नीरफूल अब चैत ७ गतेदेखि प्रदर्शन हुनेछ ।

यसअघि पनि फिल्मको रिलिज डेट सारिएको थियो ।

सुरुमा फागुन २३ मा रिलिज डेट तोकिएकोमा  ‘म यस्तो गीत गाउँछु –२’ र हिन्दी फिल्म ‘बाघी–३’ आउने भएपछि फागुन ३० गते रिलिज डेट  सारिएको थियो। 

‘नेपाली फिल्म उद्योगमा आपसी सहकार्यको संस्कार विकास होस् भन्ने हाम्रो चाहना हो’, निर्देशक वलले भने, ‘हातेमालो गरेर अघि बढे सबैलाई राम्रो हुन्छ।’ 

फिल्म ‘नीरफूल’को ट्रेलर मंगलबार सार्वजनिक हुँदैछ। भूकम्पका कारण बिछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्ष फिल्ममा छ ।

फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतका कलाकारको अभिनय छ ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् भने सचिन एसोसिएट निर्देशकको रुपमा रहेका छन्। 

फ्रेन्डस् अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन्।

राजेशपायल राई, दुर्गा खरेल र प्रमोद खरेलको आवाजमा रहेका गीत फिल्ममा समावेश छन् ।


कस्तो लाग्यो ?

यो पनि