जेठ ०२, २०८१, बुधबार
               

सपना भन्छिन्, 'यसरी कम गर्न सकिन्छ बलात्कारका घटना'

एजेन्सी
फागुन १९, २०७६

ADVERTISEMENT

एजेन्सी । भारत हरियाणकी डान्सर, गायिका तथा अभिनेत्री सपना चौधरीले बलात्कारका घटना रोकिनुपर्ने बताएकी छिन् । त्यसका लागि उनले उपाय पनि बताएकी छिन् ।

सपानाको भनाइ छ कि, पोर्न साइटमाथि कडाइका साथ प्रतिबन्ध लगाउनुपर्छ र बलात्कारीलाई कडा भन्दा कडा सजाय दिइनुपर्छ । त्यसो भयो भने मात्र बलात्कारको घटना नियन्त्रण गर्न सकिन्छ । 

आइतबार दैनिक भाष्करसँगको अन्तर्वार्तामा उनले आफ्नो करिअर, अभिनय तथा देशको समसामयिक विषयमा कुराकानी गरेकी छिन् ।

उनले भनिन्, पोर्न साइटको अलावा नेटफ्ल्क्सिजसता साइटले पनि बलात्कारजस्ता घटनालाई बढावा दिइरहेको छ ।

देशमा बलात्कारको घटना बढिरहेको बताउँदै सपनाले भनिन्, देशमा कुनै घटनाको सवालमा कानु निकै कडा छ तर, बलात्कारको मामिलामा कानुन फितलो छ । 

बलात्कारीलाई समयमै कडा सजाय मिल्यो भने मानिसमा डर तथा भय पैदा हुन्छ । र यस्ता घटनामा कमी आउँछ ।

हाम्रो कानुन जबसम्म यस्तै रहन्छ तबसम्म, निर्भया बलात्कार घटनाका दोषी फासीबाट बचिरहन्छन् । 

हरेक क्षेत्रमा राजनीति घुस्ने गरेको भन्दै उनले दुखेसो पनि पोखिन् । 'जबसम्म हरेक ठाउँमा राजनीति प्रवेश गर्छ तबसम्म देशको हालत फेरिदैन ।' उनले भनिन् ।

सपनाले आफ्नो प्रसतुतीबारे भनिन्, 'दर्शकहरु मेरो मुस्कान हेर्न स्टेजसम्म आउने गर्छन् । कतिपटक यस्तो भएको छ कि, स्टेज पर्फमेन्सको बेला दर्शकहरु भन्ने गर्छन्, गाउनुभन्दा अघि एकपटक मुस्कुराइदिनुस् हामी त्यसमै खुशी हुन्छौं ।'

यदि गायन तथा अभिनयको क्षेत्रमा नआएको भए तपाइँ के गर्नुहुन्थ्यो भनि सोधिएको प्रश्नमा सपनाले भनेकी छिन्, 'मलाई पहिले पुलिस इन्सपेक्टर बन्ने सोच थियो । उनले भनिन्, तर अब म गुण्डा पनि बन्न सक्छु । रिल लाइफमा धेरैको मर्डर पनि गर्न सक्छु ।'


कस्तो लाग्यो ?

यो पनि