जेठ ०३, २०८१, बिहीबार
               

कति कमायाे 'सेन्टी भाइरस'ले ?

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

गत फागुन ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’ निर्माण टिमले फिल्मको व्यापार सार्वजनिक गरेको छ। आइतबार काठमाडौंमा पत्रकार भेटघाट गरी फिल्मको कुल व्यापार रिपोर्ट सार्वजनिक गरेको हो।

 निर्माण पक्षका अनुसार शनिबारसम्म उपत्यकाभित्र मात्रै २ करोड १० लाख ३ हजार र उपत्यका बाहिर १ करोड ९० लाख ५ हजार गरी जम्मा ४ करोड ८ हजार ग्रस कलेक्सन भएको छ । 

२ करोड ८५ लाख लागतमा बनेको यस चलचित्र प्रदर्शन हुनुपूर्व नै विदेश राईट्सअन्तर्गत अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाखमा खरिद गरेको थियो ।

विदेश राईट्सलाई पनि जोड्ने हो भने ‘सेन्टी भाईरस’को अहिले सम्मको ग्रस कलेक्सन ५ करोड १५ लाख ८ हजार हुन्छ । नेपाली चलचित्रले धेरैपछि यो रकम कलेक्शन गरेको हो ।

चलचित्रको क्रेज हलहरुमा अझै देखिरहेको भए पनि गलत समीक्षा गरिदिँदा त्यसको असर चलचित्रमा परेको निर्देशक रामबाबु गुरुङ बताउँछन् । हास्य कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेसँगै कलाकारहरु दयाहाङ राई, विल्सन बिक्रम राई, सन्दिप क्षत्री, बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको यस चलचित्रमा राजनीति र परिवारबिचको द्धन्द्धलाई दर्शाइएको छ । 
 

यो पनि