जेठ ०३, २०८१, बिहीबार
               

समस्यामा सुन्दरी, राज्यद्रोहको आरोपमा मुद्दा दर्ता (भिडियो)

एजेन्सी
फागुन १८, २०७६

ADVERTISEMENT

एजेन्सी । दिल्लीको ज्वलन्त मुद्दाको विषयमा जथाभावी आफ्नो विचार राख्दा बलिउड सुन्दरी स्वरा भास्कर समस्यामा परेकी छिन् ।

उनीविरुद्ध कानपुर अदालतमा मुद्दा दायर भएको छ । वरिष्ठ अभिवक्ता विजय बख्शीले स्वराविरुद्ध राज्यद्रोहको मुद्दा दर्ता गरेका हुन् ।

अधिवक्ता विजयले स्वराविरुद्ध समाजमा विद्वेष फेलाउने, जाति धर्म तथा समुदायबीच फाटो ल्याउने अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।

स्वरा फिल्म अभिनेत्री तथा चर्चित हस्ती हुन् । तर आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालमा शेयर गरेपछि उनी विवादमा तानिएकी हुन् ।

उनले आफ्नो अभिव्यक्तिमा भारत सरकार, न्यायालय, सुरक्षा एजेन्सीविरुद्ध आफ्नो राय राखेकी छिन् । उनको समाजमा भेदभाव पुर्याउने भड्काउ भाषणले समाजलाई खतरा रहेको अधिवक्ता विजयले बताए ।

स्वराको अभिव्यक्तिले देशको छविमा नकारात्मक असर परेको बताइएको छ । अदालतमा याचिका सुनुवाइको लागि मार्च २० को दिन तोकिएको छ ।


कस्तो लाग्यो ?

यो पनि