एजेन्सी । अभिनेत्री जान्हवी कपुर बलिउडमा चर्चित नाम हो ।
हालै उनले ग्रेजिया म्यागेजिनको कभर फोटो सुट गरेकी छिन् । उनको फोटो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
जान्हवीले उक्त फोटो आफ्नो इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेकी छिन् । जान्हवी उक्त म्यागेजिनको यस अंकमा समर गर्ल बनेकी छिन् ।
सोतो कलरको पहिरनमा जान्हवी निकै सुन्दर देखिएकी छिन् ।
जान्हवीले शाहिद कपूरका भाइ इशान खट्टरसँग फिल्म धडकमार्फत बलिउडमा डेब्यू गरेकी हुन् । उक्त फिलम निकै हिट भएको थियो । उनको अभिनयको पनि काफी चर्चा भएको थियो ।
फिल्म धडक पछि जोया अख्तरको फिल्म घोस्ट स्टोरिजमा पनि जान्हवीले काम गरिसकेकी छिन् ।
उनको लुक्सको तुलना श्रीदेवीसँग गर्ने गरिन्छ । जान्हवी बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीकी छोरी हु्न ।
उनको हातमा अहिले प्रोजेक्टको कमी छैन । उनी गुन्जन सक्सेनाको बायोपिकमा काम गर्दैछिन् । त्यस्तै उनी दोस्ताना २ मा पनि देखिनेछिन् ।
जान्हवी करण जोहरको महत्वकांक्षी फिल्म तख्तमा पनि देखिनेछिन् । राजकुमार रावसँगको हरर कमेडी फिल्ममा पनि उनी अनुवन्धित भएकी छिन् ।
हालै उनले वरुण धवनको साथमा फिल्म मिस्टर लेले पनि साइन गरिसकेकी छिन् ।
जान्हवीलाई आगामी दिनको सुपरस्टारको रुपमा चित्रण गर्ने गरिन्छ ।