जेठ ०२, २०८१, बुधबार
               

अर्पणको निर्देशनमा 'तीन जन्तु' बन्ने

नेपाल फ्ल्यास
फागुन १७, २०७६

ADVERTISEMENT

कलाकारको रुपमा अर्पण थापालाई सफल मानिन्छ । तर, निर्देशकिय रुपमा भने अर्पणले आफूलाई सफल बनाउन सकेका छैनन् । उनको निर्देशनमा बनेका चलचित्रहरुले हलमा दर्शकको साथ पाएको छैन ।

अहिले अर्पण पुनः नयाँ चलचित्रको निर्देशनमा सुरिएका छन् । उनको निर्देशनमा चलचित्र 'तीन जन्तु'को निर्माण हुदैँछ । चलचित्रको लागि अर्पणले सौगात मल्ल, रविन तामाङ, श्रृष्टी श्रेष्ठ लगायतलाई छानेका छन् । निर्देशक थापा पनि चलचित्रमा देखिदैँछन् ।

केही दिनमा छायांकन सुरु हुने बताइएको यस चलचित्रलाई हिमाली भेगमा खिचिने छ । चलचित्रको लागि निर्माण पक्षले मुस्ताङलाई छानेको छ । चलचित्रको विषयमा अन्य जानकारी भने दिइएको छैन ।

अर्पणको निर्देशनमा बनेको पछिल्लो चलचित्र 'घर' पनि बक्स अफिसमा असफल भएको थियो । उनको निर्देशनमा ‘सुनकेशरी, आधा लभ, मुखौटा’ लगायत तयार भएका छन् । सबै चलचित्रले बक्स अफिसमा कमजोर उपस्थिति जनाएका छन् । यस चलचित्रबाट भने अर्पणले सफलताको आश राखेका छन् ।


कस्तो लाग्यो ?

यो पनि