जेठ ०३, २०८१, बिहीबार
               

संसारकै कामूक ट्याक्सी ड्राइभर, नम्बर मागेर ग्राहकले गर्छन् हैरान

एजेन्सी
फागुन १७, २०७६

ADVERTISEMENT

फिलिपिन्सको मनिलामा बस्‍ने ट्याडिओ सामाजिक सञ्चालमा निकै चर्चित छिन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उनलाई 'संसारकै सेक्सी ट्याक्सी ड्राइभर' भनेर सम्बोधन गरेका छन् ।

जोयेसका अनुसार उनका ग्राहकहरु ट्राफिक जाममा पनि आनन्दित महसुस गर्छन् ।  

ट्याक्सी ड्राइभर बन्नुभन्दा पहिले उनले एक औषधी कम्पनीमा मेडिकल रेप्रिजेन्टेटिभको रुपमा काम गरिसकेकी छिन् ।  ड्रेसमेकिङसमेत पनि पढिरहेको उनले जानकारी दिइन् ।

पुरुषको बर्चस्व रहेको यो क्षेत्रमा महिला ट्याक्सी ड्राइभर देख्दा यात्रु प्रभावित भएर फोटो खिच्ने र सामाजिक सञ्जालमा अपलोड गर्ने गरेको उनको अनुभव छ । 

जोयस भन्छिन् ,‘यात्रुहरुले धेरैजसो ट्याक्सी ड्राइभर पुरुष हुन्छन् भनी सोच्ने गर्दछन् । मलाई देखेपछि उनीहरु छक्क पर्छन् ।’

केही ग्राहकले नम्बर मागेर हैरान गर्ने गरेको उनी बताउँछिन् । ‘धेरैजनाले मेरो नम्बर पनि माग्नुहुन्छ । यस्तो अवस्थामा म कुरालाई हाँसेर टार्छु । मैले कसैलाई पनि डेटिङ गरेको छैन किनभने ड्राइभर र पेसेन्जरबिच निकै कडा नियम तोकिएको छ,’ उनी भन्छिन् ।

पुरुष साथीहरुले यो पेशा अंगाल्न सुझाएको जानकारी दिँदै आफूले ‘साथीहरुको कमाई’ सँग प्रभावित भएर यस्तो गरिरहेको बताइन् ।

मनिलाको बोनिफासियो ग्लोबल सिटीको वरिपरि काम गर्ने जोयेसले आफ्नो रुटको नजिक भएका यात्रुलाई यात्रा गराउने जानकारी दिइन् ।


कस्तो लाग्यो ?

यो पनि