जेठ ०३, २०८१, बिहीबार
               

सुरु भयो 'ए मेरो हजुर ४'को छायांकन

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

युवा स्टार अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु भएको छ । शुक्रबार काठमाडौंको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । 

झरना थापाको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् । प्रेम कथानक चलचित्र भनिएको चलचित्रमा सलोन बस्नेत पनि मुख्य भूमिकामा प्रस्तुत हुदैँछन् । 

काठमाडौंमा केही दृष्य खिचेर निर्माण पक्ष आज नै पोखरा पुग्नेछ । पोखरामा १० दिनको सेड्युल सकाएर काठमाडौं र ललितपुरमा चलचित्रको छायैकन गरिने छ । चलचित्रलाई युरोप  र ओमानमा पनि खिचिने बताइएको छ । 

दशैंलाई रिलिज लक्ष्य बनाएको ‘ए मेरो हजुर ४’ लाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । ए मेरो हजुर २ र ३ को सफलताका कारण पनि यस चलचित्रलाई प्रतिक्षित चलचित्र मानिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि