एजेन्सी । ग्रेमी अवार्ड विजेता (चर्चित गायिका) ब्रिटनी स्पियर्सले आफूले डान्स गरिरहेको भिडियो शेयर गरेकी छिन् । उक्त डान्स गर्ने क्रममा उनी घाइते भएकी थिइन् ।
वुधबार शेयर गरिएको पोस्टमा उनले लेखेकी छिन्, 'मैले विगत ६ महिनादेखि डान्स गरेको थिइन । त्यसकारण मैले डान्स गर्ने क्रममा म पूरै जोशमा थिएँ ।'
उनले लेखेकी छिन्, 'मैले खुट्टमा केही पनि लगाएको थिइन । तर नहाँस्नुहोला, मलाई थाहा छ म यो भन्दा राम्रो ग्रिप बनाउन सक्छु ।'
ब्रिटनीका ब्वायफ्रेन्डले १९ फेब्रुअरीमा सामाजिक सञ्जाल इन्स्टाग्राममा घाइते ब्रिटनीसँगको तस्विर शेयर गरेका थिए ।
उनले लेखेका थिए, 'मेरी उनी आफूलाई सबैभन्दा मनपर्ने डान्स गर्ने क्रममा घाइते भएकी छिन् । मेरो कामना छ की उनलाई चाँडै ठिक होस् । किनकि उनी फेरि कुद्न, दौडन र डान्स गर्न सकुन् ।'
अरु भिडियो हेर्नुहोस्ः