जेठ ०४, २०८१, शुक्रबार
               

यी सुन्दरीलाई लाग्यो हिंसा भड्काएको आरोप, अदालतमा मुद्दा दर्ता (भिडियो)

एजेन्सी
फागुन १६, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री स्वरा भास्करको एक भिडियो अहिले निकै भाइरल भइरहेको छ । 

भिडियोमा उनले सुप्रिम कोर्ट, सरकार र प्रहरीलाई आलोचना गरेकी छिन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ताले स्वरामाथि हिंसा भड्काएको आरोप लगाएका छन् ।

यसै भिडियोलाई लिएर अधिवक्ता सञ्जीव कुमारले दिल्ली हाइकोर्टमा याचिका दायर गरेका छन् ।

उनले स्वरा भास्कर, सामाजिक अभियन्ता हर्ष मन्दन, आरजे साएमा र आम आद्मी पार्टीका विधायक अमानतुल्लाह खानविरुद्ध एफआइआर दर्ता गर्न माग गरेका छन् ।

स्वराले लगातार सिएए र एनआरसीको विरोध गर्दै आएकी छिन् । भिडियोमा पनि उनले सरकार र न्यायपालिकामाथि आरोप लगाएकी छिन् ।

स्वराको उक्त भिडियो भाइरल भएसँगै ट्विटरमा 'अरेस्ट स्वरा भास्कर' ट्रेन्ड भइरहेको छ ।
 
अधिवक्ता सञ्जीव कुमारले यो पनि आरोप लगाएका छन् कि, केही वुद्धिजिवी तथा छद्म उदारवादीको समूहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको समयमा अन्तराष्ट्रिय स्तरमा देशलाई बदनाम गर्न लागि परे ।


कस्तो लाग्यो ?

यो पनि