जेठ ०३, २०८१, बिहीबार
               

बिजुलीबजारमा एक्कासि चट्याङ

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT


बुधबार अपराह्न बिजुलीबजारमा चट्याङ परेको छ । चट्याङ पर्दा उपस्थित सबैमा हाँसोको फोहरा छुटेको थियो । चट्याङ मास्टरको छैटौँ हास्यव्यंग्य कविता संग्रह ‘चट्याङ गीता’को छैटौँ संस्करण सिस्नुपानी नेपालको आयोजनामा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको होे ।

साहित्यकार भैरव रिसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ‘चट्याङ गीता’भित्र रहेका विभिन्न हास्यव्यंग्यात्मक कविता तथा कविबारे समीक्षात्मक टिप्पणी गरिएको थियो ।
 
साहित्कार रिसालले कविलाई चिनेदेखि उनको व्यवहार, हँसिमजाक, ख्यालठट्टा र उनले गरेका राम्रा–नराम्रा कुरालाई ठट्यौली पारामा प्रस्तुत गर्दै उनका कविताका बारेमा समेत समीक्षा गरे । त्यस्तै, प्राडा. राजेन्द्र सुवेदी तथा रोचक घिमिरेले कविताबारे बोलेका थिए । कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, प्रा. धीरेन्द्र प्रेमर्षि, चक्र दवाडी तथा टंक आचार्यले ‘चट्याङ गीता’ संग्रहभित्रका एक–एकवटा कविता वाचन गरेका थिए । 
 
कवि चट्याङ मास्टरका कवितामा समाजमा रहेका विभिन्न राजनीतिक, सामाजिक विकृति र विसंगति पाखण्डीपन, भ्रष्टाचार, घुस, कमिसन, सरकारी कर्मचारीको ठग प्रवृत्ति, बन्द हड्ताल, लाई तीखो व्यंग्य प्रहार गरी समाजका उच्छृंखल व्यक्तित्वलाई नैतिक आचरण सिकाएर र देशलाई उन्नतिको बाटोमा लैजाने सन्देश पाइन्छ ।

पुस्तकको विमोचन पुस्तकहरूको थुप्रोबाट खोजेर उक्त किताब पत्ता लगाएर रोचक र ठट्यौली पारामा गरिएको थियो । कार्यक्रमलाई दर्शकले अन्तिमसम्म हाँसेर साथ दिएका थिए ।     
     


कस्तो लाग्यो ?

यो पनि