जेठ ०३, २०८१, बिहीबार
               

पाँच वर्षमै छाडेकी थिइन् घर, २१ वर्षमा खाइन् थप्पड

एजेन्सी
फागुन १५, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री दीया मिर्जा हालै द कपिल शर्मा शोमा आफ्नो फिल्म थप्पडको प्रमोट गर्न पुगेकी थिइन् । 

कार्यक्रममा कुरा गर्ने क्रममा दीयाले आफूले पाँच वर्षको उमेरमा घर छाडेर हिँडेको बताएकी छिन् ।

जब उनी पाँच वर्षको थिइन्, तब उनका पिताले केही कुरामा निकै गाली गरेपछि उनी घर छाडेर हिँडेकी थिइन् ।

साथै उनले २१ वर्षको उमेरमा आफूलाई आमाले पहिलो थप्पड हानेको बताइन् ।

दीयाले भनिन्, 'जब म पाँच वर्षको थिएँ, तब केही कुरामा बाबाले मलाई निकै गाली गर्नुभयो । मलाई निकै रिस उठ्यो र घरबाट निस्किएँ ।' 

दीयाका अनुसार, आफ्नो घरबाट निस्किएर उनी दिनभरी आफन्तको घरमा गएर बसिन् । त्यही दिन साँझ उनकै बाबा आएर उनलाई घर लगेका थिए । त्यही दिनदेखि उनका बाबुले अब कहिल्यै पनि छोरीलाई गाली नगर्ने तय गरे ।


कस्तो लाग्यो ?

यो पनि