जेठ ०४, २०८१, शुक्रबार
               

यसकारण दुःखी थिइन् तापसी

एजेन्सी
फागुन १५, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेत्री तापसी पन्नु यति बेला चर्चामा छिन् । 

तापसी अभिनित फिल्म ‘थप्पड’ रिलिजको क्रममा छ । तापसी अहिले चलचित्रको प्रचारमा व्यस्त छिन् ।

स्पष्ट रुपमा बोल्ने र मनका लागेका कुरा स्पष्ट रुपमा भन्ने यी सुन्दरी महिला केन्द्रित फिल्ममा बढी रुची राख्छिन् । 

तापसीले फिल्म थप्पडबाट पनि अवार्ड पाउने अपेक्षा गरिएको छ । तर, अवार्डमा जे पनि हुन सक्छ भन्ने कुरामा तापसीलाई थाहा छ । 

तापसीले हालै एक मिडियासँग अवार्डको बारेमा कुरा गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘अवार्ड नपाउँदा एक पटक मेरो मन दुखेको थियो, त्यो फिल्म पिंक रिलिजको समय थियो । म अवार्डको नोमिनेशनमा पनि परेकी थिइनँ । केही अवार्डमा नोमिनेशनमा पर्दा सबैले मलाई अवार्ड पाउँछ्यौ भनेका थिए । तर, मैले अवार्ड पाइनँ ।’

अन्तर्वार्ताको क्रममा उनले भनिन्, ‘बलिउडमा पाइला राख्दै गरेकी एक युवतीको सपना धेरै हुन्छ र साना साना कुराले पनि मन घोच्ने गर्छ । मलाई पिंकबाट अवार्ड नपाउँदा यस्तै भएको थियो । यसपछि भने मलाई कुनै पनि कुरामा दुःख लागेको छैन । जब म अवार्ड पाउँछु जुरी, समिक्षक र आफैलाई धन्यवाद भन्छु । तर, अवार्ड नपाउँदा मलाई दुःख लाग्दैन ।’


कस्तो लाग्यो ?

यो पनि