जेठ ०४, २०८१, शुक्रबार
               

पारस बन्न तयार भए अनमोल

नेपाल फ्ल्यास
फागुन १३, २०७६

ADVERTISEMENT

नायक अनमोल केसीले चलचित्र ‘पारस’मा काम गर्ने भएका छन् । निर्माता माधव वाग्लेको निर्माण तथा निर्देशनमा तयार हुन लागेको यस चलचित्रका लागि अनमोल पक्का भएका हुन् । चलचित्र निर्माणमा अनमोलकै होम प्रोडक्सन ‘सुपर काजोल फिल्मस्’ले पनि सहकार्य गर्नेछ ।

केही समय अगाडि देखि नै माधव वाग्लेले अनमोललाई पछ्याएका थिए । अनमोलले चलचित्रको कथा निकै रुचाएका थिए । तर, गर्ने वा नगर्ने भन्ने बिषयमा केही बोलेका थिएनन । अहिले पिता भुवन केसी पनि निर्माता रहने भएपछि उनी चलचित्रमा काम गर्न राजी भएका हुन् । 

अनमोल अहिले चलचित्र ‘ए मेरो हजुर ४’को वर्कसपमा व्यस्त छन् । ए मेरो हजुर ४ को छायांकन सकाएपछि अनमोलले ‘पारस’को लागि समय दिनेछन् ।

अनमोलको होम प्रोडक्सन कै व्यानरमा चलचित्र ‘एन्टी हिरो’ बन्ने पनि घोषणा भइसकेको छ । भारतिय निर्देशकले निर्देशन गर्ने भनिएको यस चलचित्रमा भने भुवन केसी पनि पर्दामा देखिने छन् । 

अनमोल र होम प्रोडक्सनले नै ‘पारस’ रोजेपछि ‘एन्टी हिरो’ केही समयको लागि पछाडि धकेलिएको छ ।


कस्तो लाग्यो ?

यो पनि