जेठ ०३, २०८१, बिहीबार
               

गायक सिमनकाे ‘यो कस्तो डर’को म्युजिक भिडियो सार्वजनिक

नेपाल फ्ल्यास
फागुन १३, २०७६

ADVERTISEMENT

काठमाडौं । गायक सिमन कार्की नयाँ गीत ‘यो कस्तो डर’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ओमानको सलालाहमा आयोजित समारोहमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कवि अनुकूल प्रकाशद्वारा उद्घोषित उक्त कार्यक्रममा ओमानमा रहेका नेपाली कलाकारहरू रोशनी यानी, पूजा परियार, सफल राना, आकाश गाहा, सोनी सुवेदी, मित्र पोख्रेललगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रमको विशेष आकर्षणको रूपमा नेपालबाट आएका कलाकारत्रय सुरेश थापा ‘दर्शने’, मधु आचार्य ‘चुल्ठे’ तथा अनिता दंगाल ‘मनमाया’को बेजोड हास्य प्रहसन तथा सांगीतिक प्रस्तुति रहेको थियो । 

कार्यक्रममा ओमानमा क्रियाशील नेपाल मगर समाज, ओमान क्षेत्रीय कार्यसमिति, डिएक्सएन नेपाली समूह सलालाह, साझा 
सद्भाव समूह, देशभक्त लोकतान्त्रिक गैर आवासीय संघ, विन धोनी नेपाली होटेललगायत संस्था तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वको साथ रहेको थियो ।

 दर्शकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गीतका स्वयं सर्जक विदेशी भूमिमा कार्यरत रही कला, संगीतको माध्यमबाट नेपालीको पहिचान दिलाउने भिडियो बनेको निर्माता मनिता ओलीको भनाइ छ ।

गायक सिमनकै शब्द तथा संगीत रहेको अर्को तेश्रो गीत ‘चिताको बिछ्यौना’मा गायक कमल खत्रीको समेत स्वर रहेको छ भने भिडियो सुरेश थापाको निर्देशनमा बनेको हो । दुवै भिडियो ओस्कार इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ । 
भिडियोमा रचना गौतम र कृदीप शाह ठकुरीको अभिनयसमेत देख्न सकिन्छ ।        – केशवराज अर्याल


 


कस्तो लाग्यो ?

यो पनि