जेठ ०३, २०८१, बिहीबार
               

'सेन्टी भाइरस'ले कमायो २ करोड ३५ लाख, 'आमा'को कमाई कति ?

नेपाल फ्ल्यास
फागुन ११, २०७६

ADVERTISEMENT

गत शुक्रबारबाट दुई नेपाली चलचित्र रिलिज भएका छन्, ‘आमा’ र ‘सेन्टी भाइरस’ ।

दुबै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छन् । शुक्रबार चलचित्र ‘सेन्टी भइरस’को कमाई आक्रमक थियो । मल्टिप्लेक्स हलमा ‘आमा’ले दर्शकको उत्साहजनक साथ पायो । 

निर्माण पक्षले दिएको जनकारी अनुसार ‘सेन्टी भाइरस’ले पहिलो दिन नै १ करोड १२ लाखको कमाई गरेको थियो । शनिबार पनि चलचित्रले १ करोड ३५ लाखको व्यापार गरेको छ । त्यसैले रिलिजको दुई दिनमा नै चलचित्रले २ करोड ३७ लाख कमाएको छ । 

त्यस्तै, आमाको कमाई पनि उच्च नै छ । चलचित्रले रिलिजको दुई दिनमा झण्डै १ करोड हाराहारीमा व्यापार गर्न सफल भएको छ । तर, निर्माण पक्षले एकिन व्यापार भने सार्वजनिक गरेको छैन् ।

दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म आमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, आशान्त शर्मा लगायतको अभिनय रहेको छ । चलचित्रमा शर्मिला पाण्डेले लगानी गरेकी छिन् । समिक्षात्मक रुपमा यस चलचित्र अब्बल बनेको छ ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र सेन्टी भाइरसलाई धुर्मुस सुन्तलीले बनाएका हुन् । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई लगायतको अभिनय छ । यस चलचित्रले भने मिश्रित प्रतिकृया पाइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि