जेठ ०३, २०८१, बिहीबार
               

ब्रेकअपपछि डिप्रेशनमा, सधैं खान्थिन् निद्राको औषधि

एजेन्सी
फागुन ११, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड सुन्दरी सना खान र कोरियोग्राफर मेल्विन लुइसबीच ब्रेकअप भएको खबरले अहिले बलिउड तातेको छ ।

यी दुई एक वर्षदेखि लभ रिलेसनमा थिए । तर पछि प्रेमीले आफूलाई चिट गरेको सनाले थाहा पाइन् र उनले ब्रेकअप दिइन् ।

सनाले आलै एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा केही कुराको खुलासा गरेकी छिन् ।

उनले भनेकी छिन्, 'म डिप्रेसन र इन्जाइटीसँग जुधिरहेको छु । मैले आफूलाई सम्हालेको छु । मेरो परिवार पनि मेरो साथमै छ । मैले २० दिनसम्म निद्राको औषधि खाएँ । भगवानको कृपाले म अहिले औषधिबिना नै सुत्न सक्ने भएको छु । म निकै खुशी छु ।'

उनले अगाडि भनेकी छिन्, 'चिटर छिट्टै अघि बढ्दारहेछन् । तर जो कमिटेड हुन्छ उसलाई अघि बढ् समय लाग्नेरहेछ ।'

आफूहरु विवाह गर्ने योजनामा रहेको समेत उनले सुनाइन् । विहेको लागि दुई परिवारबीच पनि भेटघाट भइसकेको थियो । 

उनको अनुसार, मेल्विनसँग २०१९ अप्रिलसम्म सम्बन्ध राम्रो चल्दै थियो । त्यसपछि उनको स्वभावमा परिवर्तन आउन थाल्यो । त्यसपछि सम्बन्ध अघि बढ्न सकेन र ब्रेकअप थयो । 

मेल्विनसँग रिलेसनमा हुँदा आफूले अरु कसैसँग नभेटेको पनि सनाले बताएकी छिन् ।

३१ वर्षीय सुन्दरी सना २०१२ मा 'बिग बोस ६' मा सहभागी भएकी थिइन् ।

यसका साथै उनले 'जय हो', 'वजह तुम हो', 'ट्वाइलेट' लगायतका फिल्ममा काम गरिसकेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🌈 . . . . #sanakhan

A post shared by Sana Khaan (@sanakhaan21) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🌈 . . . Saree @reetiarneja Earrings @houseofshikha #event #bhavnagar #sanakhan

A post shared by Sana Khaan (@sanakhaan21) on

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

There are poems inside of you that paper can’t handle ♥️ . . . . . . . #sanakhan

A post shared by Sana Khaan (@sanakhaan21) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

After all love is the good reason for everything to go wrong ♥️ . . . . . #sanakhan

A post shared by Sana Khaan (@sanakhaan21) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

✨✨

A post shared by Sana Khaan (@sanakhaan21) on


कस्तो लाग्यो ?

यो पनि