बैशाख १७, २०८१, सोमबार
               

यस्तो बन्यो 'प्रेम गीत ३' को शिर्ष गीत

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

चैत २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’को शिर्ष गीत सार्वजनिक भएको छ । शिवरात्रीको अवसर पारेर शुक्रबार नै चलचित्रको गीत सार्वजनिक गरिएको हो । 

सार्वजनिक 'हर युग होस प्रेमको गीतको' बोलको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ । राजेश कुमार श्रेष्ठले लेखेको उक्त गीतलाई एलिश कार्कीले संगीत दिएका छन् । 

सार्वजनिक गीतलाई लिरिकल भिडियोको रुपमा तयार गरिएको छ । जहाँ चलचित्रका चल/अचल दृश्यहरु समावेश गरिएको छ । भिडियोमा चलचित्रमा प्रमुख दुई पात्र प्रेम र गीतको प्रेम र उनीहरुको मनोभावलाई देखाइएको छ ।

चलचित्रमा प्रदीप खड्का 'प्रेम' बनेका छन् भने क्रिस्टिना गुरुङ ‘गीत’को भूमिकामा छिन् । चलचित्रमा अनुभव रेग्मी र सम्वृद्धि शाही बाल्यकालको प्रेम र गीत बनेका छन् ।  चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतको अभिनय छ ।

सन्तोष सेनको निर्माणमा तयार भएको चलचित्रलाई छेतेन गुरुङ र सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

यो पनि