जेठ ०३, २०८१, बिहीबार
               

सन्नी लियोनको नम्बर मागेपछि यस्तो लफडा

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड अभिनेता कबीर बेदीले सन्नी लियोनको मोबाइल नम्बर मागेको खबरले अहिले बलिउड तातेको छ । कबीरले सन्नीको नम्बर मागेको खबर केही सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बलिउडका प्रसिद्ध फोटोग्राफर डब्बू रतलानीको ग्ल्यामर क्यालेन्डर लन्च कार्यक्रममा कबीरले सन्नीको नम्बर मागेको भनेर केही समाचार संस्थाले खबर लेखेका छन् ।

यब विषयमा समाचार प्रकाशित भएपछि कबीर बेदी र सन्नीका पति ड्यानियल बेभरले ट्विट गर्दै समाचारको खण्डन गरेका छन् । 

कबीरले सन्नीको नम्बर नमागेको बताएका छन् । आफूलाई बदनाम गर्नको लागि यस्तो हल्ला फैलाइएको उनले उल्लेख गरेका छन् । उनले उक्त कार्यक्रममा सन्नीका पतिको नम्बर मागेको र उनका पतिले आफै नम्बर डायल गरिदिएको लेखेका छन् । उनले यस्तो हल्लारुपी समाचार हटाउन र माफी माग्न आग्रह गरेका छन् ।

यसैबीच, सनीका पति ड्यानियलले पनि कबिरको ट्विटमा जवाफ दिएका छन् । उनले भनेका छन्, ‘के कबीर मेरो नम्बर माग्न सक्दैनन् र ? कबीर र सनी एक अर्कालाई लामो समयदेखि चिन्छन् । त्यसैले कबीरसँग सन्नीको नम्बर पहिले नै छ । मात्र एउटा कथाको लागि यति गलत समाचार दिन जरुरी छैन ।’
 
ड्यानियलको प्रतिक्रियामा कबिरले ‘धन्यवाद’ प्रतिक्रिया दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि