जेठ ०३, २०८१, बिहीबार
               

प्रकाशको परदेशी २ शुभ मुर्हूत, कस्तो बन्ला चलचित्र ?

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

लोक गायक प्रकाश सपुत चलचित्रमा डेब्यु गर्दैछन् । नारायण रायमाझीको निर्देशनमा बन्ने चलचित्र ‘परदेशी २’बाट उनले चलचित्रको ठुलो पर्दामा डेब्यु गर्न लागेका हुन् ।

शिवरात्रीको अवसर पारेर ‘परदेशी २’को शुभ मुर्हूत गरिएको हो । काठमाडौंको एक मन्दिरमा पुगेर पूजा गर्दै चलचित्रको शुभ मुर्हूत गरिएको हो । शुभ मुर्हूतसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ ।

चलचित्रमा प्रकाशको जोडीका रुपमा नायिका वर्षा सिवाकोटी फिचर हुदैछिन् । प्रकाश चलचित्रलाई लिएर निकै उत्साहित देखिन्छन् । आफ्नो सानै उमेरदेखि देखेको हिरो बन्ने सपना पूरा हुन लागेकोले उनी निकै खुसी छन् । उनले अब आफूसँग कुनै सपना नरहेको समेत लेखेका छन् । 

तर, आफ्नो चलचित्र यात्रालाई लिएर भने प्रकाश केही डराएका छन् । सामाजिक संजालमा शुभ मुर्हूतको फोटो पोष्ट गर्दै उनले लेखेका छन्, ‘सपना पूरा भएको कुरालाई लिएर म निकै उत्साहित छु । त्योसँगै डर पनि लागिरहेको छ कि, मेरो आगमी चलचित्र यात्रा कस्तो होला भनेर ।’ आफ्नो काम इमान्दर भएर गर्ने प्रतिवद्धता समेत गरेका छन् । 

विदेश पढ्न गएका विद्यार्थीहरुको दुःख र त्यहाँको संघर्षलाई बोल्ने यस चलचित्रको छायांकन दुई महिनासम्म चल्नेछ । चलचित्रले आगमी दशैंलाई रिलिज लक्ष्य बनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि