जेठ ०३, २०८१, बिहीबार
               

'कारखाना' निर्देशक आमरदीपले 'प्रेम पूजा' बनाउने

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

चलचित्र कारखाना निर्देशन गरेर असफलता बेहोरेका निर्देशक पुन: चलचित्र निर्देशनमा तम्सिएका छन् । शिवरात्रीको अवसर पारेर उनले नयाँ चलचित्रको घोषणा गरेका छन् । उनले ‘प्रेम पूजा’ नामक चलचित्र बनाउन लागेका छन् । यस चलचित्र सामाजिक प्रेमकथामा आधारित हुने बताइएको छ । 

शिवरात्रीको दिन चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्रको थिम पोस्टरमा पात्रको अनुहार लुकाइएको छ । 

‘इन्टरटेन्टमेन्ट वर्ल्डवाइड’को व्यानरमा बन्न लागेको चलचित्रको लागि कोही कलाकार पक्का नभएको निर्माण पक्षले जनाएको छ । अडिसनबाट नै कलाकारहरुको छनोट गरिने निर्देशक सापकोटाले बताए । 

यस चलचित्रको कथा, पटकथा तथा संवाद अभिमन्यु निरवीले लेखेका हुन् । बैशाखको पहिलो साताबाट छायांकनमा जाने भनिएको यस चलचित्रलाई काठमाडौं, चितवन र भारतको बनारसमा समेत खिचिने छ । 

फस्टलुक पोस्टरमा नै चलचित्रको रिलिज मिति पनि तोकिएको छ । पोस्टरमा लेखिए अनुसार चलचत्र आगमी दशैंमा रिलिज हुदैँछ ।


कस्तो लाग्यो ?

यो पनि