जेठ ०३, २०८१, बिहीबार
               

साधुजस्तै थिए बब मार्ली, रमाइलो होइन ध्यान गर्न गाँजा लिन्थ्यें

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

रेगी संगीतकार बब मार्लीले गाँजा तान्दै गरेको आइकोनिक फोटो उनका समर्थकमाझ चर्चित छ । तर, बब मार्लीले किन गाँजा ताने ? बब मार्ली र उनको संगीतका लागि गाँजाको अर्थ के थियो भन्‍ने विषयमा सायद तपाईले धेरै ख्याल राख्नुभएको छैन होला ।  

बब मार्ली यसकारण गाँजा खान्थ्यें किनकी उनी रास्ताफारियन धर्मालम्बी थिए, यस धर्ममा पवित्र प्रसादका रुपमा गाँजालाई लिइन्छ ।  
संस्कृतबाटै गाँजा शब्द रास्ताफारिन धर्ममा भित्र्एिको हो । गाँजालाई अंग्रेजीमा मारिजुआना र स्पेनिसमा कानाविस भनिन्छ ।

राताफारियनवादको अर्को विशेषता गाँजाको अनुशासित प्रयोग पनि हो । रास्ता धर्मालम्बीहरु गाँजाको प्रयोग आनन्द वा आरामका लागि होइन, धार्मिक र औषधीय दृष्टीबाट गर्छन् । बब मार्ली भन्ने गथ्र्ये, ‘गाँजाले मेरो अध्यात्मिक ढोका खुला गरिदिएको छ । म कलाकार र कवि बन्‍न लागि यस्तो जरुरी थियो ।’

सबै रास्ताफेरियनले यसको प्रयोग गर्छन् भन्ने होइन । तर जसले गर्छन्, उनीहरु आफ्नो अध्यात्म र आत्मिक दृष्टी बढाउन सहयोग हुने विश्वासका आधारमा गर्छन् । ठ्याक्कै- साधुसन्तझै‌ं । 

१९६० सम्म बब मार्ली क्रिस्ट्रियन थिए । उनी १९६० को मध्यतिर रास्ताफारियनवादमा लागिसकेका थिए । उनी त्यतिबेला रास्ताफारियन बने, जतिबेला अफ्रिकी मुलका हजारौं जमैकनहरुले यो धर्म पछ्याएका थिए । बिस्तारै रेगी संगीतकारका रुपमा बब मार्लीको चर्चा चुलियो, यसपछि उनी रास्ताफेरियन धर्म र संस्कारको संकेतका रुपमा समेत उभिए । 

बब मार्लीले मनोरञ्जनका लागि गाँजा खाएका थिएनन् । साधु–सन्तले झैं उनी पवित्र प्रसादका रुपमा गाँजा लिन्थ्यें । 

मार्लीको करियर 

बब मार्लीको पहिलो सिंगल ट्रयाक १९६२ मा रेकर्ड भएको थियो, तर १९६३ मा उनले स्थापना गरेको ब्यान्ड नै कालान्तरमा ‘वेलियर्स’ बन्यो ।  १९७४ मा उनको ब्यान्ड विभाजन भयो, तर बब मार्लीले टुर जारी राखे ।

१९७४ को एल्बम ‘बर्निन’ मा समावेश दुई गीत ‘आई सट द सेरिफ’ र ‘गेट अप, स्ट्यान्ड अप’ अहिले पनि युरोप र अमेरिकामा चर्चित छन्, यी ब्यान्ड विभाजन हुनअघिकै गीत हुन् । 
ब्यान्डमा विभाजन आएपछि मार्लीले आफ्नो संगीतशैली परिवर्तन गरे, यसैलाई ‘रेगी’ भनिन्छ ।

१९७५ को ‘ नो वुमन नो क्राई’ उनको पहिलो हिट थियो । यसपछि ‘रास्ताम्यान भाइब्रेशन’ सार्वजनिक भयो । ‘रास्ताम्यान भाइब्रेशन’ बिलबोर्डको उत्कृष्ट १० एल्बम लिस्टमा छ । 

१९७० को दशकको अन्त्यमा मार्लीले शान्ति र संस्कृतिको प्रवद्र्धन गर्ने खालका गीत गाए । उनी रास्ताफेरिन संस्कृति र जमैकन जनताका सांस्कृतिक दूत पनि थिए । क्यान्सरका कारण ३६ वर्षको उमेरमा १९८१ मा मार्लीको निधन भएको थियो । 

हुनत १९७७ मै मार्लीलाई छालाको क्यान्सर भएको पत्ता लागेको थियो, तर आफ्नो धर्मिक आस्था देखाउँदै उनले छाला प्रत्यारोपण गर्न मानेनन्, संभवत उपचार गरेको भए उनी बाँच्ने थिएँ । 

यो पनि सुन्‍नुस् : 

ओम नमो शिवाय बोलको यो गीत बब मार्लीका नाममा सपर्पित छ । कतिलाई यो गीत बब मार्लीले नै गाएको भन्‍ने भ्रम पनि छ । खासमा, यो गीत बब मार्लीका फ्यान कृष्ण दासले उनको सम्मानमा गाएका हुन् । 

 


कस्तो लाग्यो ?

यो पनि