जेठ ०३, २०८१, बिहीबार
               

प्रदर्शनमा आयो 'आमा', आमा लिएर हल जानेले निशुल्क हेर्न पाउने

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

काठमाडौं । दीपेन्द्र खनालको निर्देशनमा तयार भएको 'आमा' आजबाट देशभर प्रदर्शनमा आएको छ । फिल्म युनिटले प्रदर्शनको पूर्वसन्ध्यामा बिहीबार नयाँ घोषणा गरेको छ - घोषणा अनुसार काठमाडांैका केही चलचित्र घरमा आफ्नो आमासँग फिल्म ‘आमा’ हेर्न पुग्दा निःशुल्क हेर्न पाइन्छ । 

निर्माण युनिटले काठमाडाै‌को जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा १ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाउने पाइने घोषणा गरेको हो । 

एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं’ निर्देशक खनाल भने ‘हलहरुमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो योजना लागु हुनेछ ।’  फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । 

पशुपति प्रसाद जस्तो सुपरहिट फिल्म निर्देशन गरेका दीपेन्द्रले ‘आमा’त्यो भन्दा पनि राम्रो भएको दाबी गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि