जेठ ०३, २०८१, बिहीबार
               

'आमा'को अफर : आमासँगै हलमा पुगे निशुल्क चलचित्र हेर्न पाइने

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

दीपेन्द्र के खनाल निर्देशित यस चलचित्र ‘आमा’ यसै शुक्रबारदेखि रिलिज हुदैँछ । यस चलचित्रलाई प्रतिक्षित चलचित्रको रुरुपमा हेरिएको छ । मल्टिप्लेक्स हलहरुले पनि चलचित्रलाई राम्रो शो दिएको छ । मल्टिप्लेक्स हलको बुकिङ सुरु पनि भइसकेको छ । 

यस्तैमा, चलचित्र ‘आमा’को निर्माणपक्षले नयाँ अफर ल्याएको छ । निर्माणपक्षका अनुसार  काठमाडौंका केही चलचित्र घरमा आफ्नो आमासँग चलचित्र हेर्न पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने भएको छ । 

जय नेपाल हलमा ११:४५ को शो, क्यूज हलमा १०:४५ को शो, कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका छन् । 

उनले भने–‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं ।’ हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनको तर्क छ ।

शर्मिला पाण्डेले निर्माण गरेको यस चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ ।


कस्तो लाग्यो ?

यो पनि