जेठ ०३, २०८१, बिहीबार
               

'हे...' अन्याय र अत्याचार बिरुद्धको आवाज हो - राजेश हमाल

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

राजेश हमाललाई नेपाली चलचित्र क्षेत्रको महानायक भन्ने गरिन्छ । भलै उनको यो ट्यागमा धेरैको बिमती होला । तर, राजेशले कुनै समय चलचित्र क्षेत्रलाई दह्रो गुन लगाएका छन् । धारासायी बनेको चलचित्र क्षेत्रमा राजेशले नै बचाएका थिए । 

३ दशकको लामो यात्रा तय गरेका राजेश नै पहिलो अभिनेता हुन् । नेपालमा स्टारडमको सुरुवात गर्ने नायकको रुपमा पनि राजेशलाई नै चिन्ने गरिन्छ । राजेश पनि चलचित्र क्षेत्रमा काम गर्न पाएकोमा गर्भ गर्छन् । 

राजेशले आफ्नो करिअरमा सयौँ चलचित्रमा काम गरे । उनले काम गर्ने चलचित्रमा एउटा संवाद छुट्दैन थियो । त्यो हो, ‘हे…’ । राजेशले बोल्ने यो शब्दलाई धेरै दर्शकले रुचाएका थिए । ‘हे…’ राजेशको चिनारी नै बनेको थियो ।

राजेश आफूले बोल्ने गरेको ‘हे…’ भित्र धेरै कथा लुकेको बताउँछन् । उनी भन्छन्, ‘बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घर छेउ मै पहिरो छ ।’

उनले 'हे…'बारे प्रष्ट पार्दै भने, ‘त्यहाँ जतिपनि अन्याय, अत्याचार भएको छ त्यसलाई तुरुन्तै रोक भन्नको लागि हे बोल्ने गरिन्छ । त्यो भित्री मनदेखि महशुस गरेर बोलिएको शब्द हो ।’

अन्याय अत्याचार खेपेको व्यक्तिले मात्र यसलाई महशुस गर्न सक्ने राजेशले बताए । उनले भने, ‘त्यो नभोगेको मान्छेलाई हे त आखिर … हे हे मात्र हुन्छ ।’


कस्तो लाग्यो ?

यो पनि