जेठ ०३, २०८१, बिहीबार
               

किन पक्राउ परे गायक प्रकाश ?

नेपाल फ्ल्यास
फागुन ०६, २०७६

ADVERTISEMENT

लोकदोहोरी गायक प्रकाश कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । उनी अहिले तनहुँ प्रहरीको नियन्त्रणमा छन् । परिवार सहित घुम्न गएका प्रकाशलाई मंगलबार तनहुँ प्रहरीले नियन्त्रणमा लिएको हो ।

बन्दिपुर गाउँपालिकाको डुम्रेमा रहेको एक होटलका साहुलाई आक्रमण गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । अहिले उनीमाथि छानबिन भइरहेको छ । कटुवालमाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।

किन समातिए प्रकाश ?

गायक कटुवाल परिवार लिएर पोखरा घुम्न हिडेका थिए । बाटोमा रहेको होटलमा उनले गाडी रोके । गाडीबाट ओर्लिने बित्तिकै उनकी श्रीमतिले वान्ता गरिन । त्यो देखेपछि होटलवाला लालकाजी गुरुङ रिसाए । 

केही समय गायक कटुवाल र गुरुङबीच भनाभन भएको थियो । विवाद बढ्दै गएपछि गायक कटुवालले धम्कीको शब्द बोलेर हिडेका थिए । 

त्यहीँ दिन साँझ एक युवाहरुको समुह आएर होटल संचालक गुरुङलाई रडले हानेका थिए । रडले लागेर गुरुङ घाइते भएका छन् । 

गायक कटुवालले दिउसो धम्काएर गएको हुनाले सिधै शंका गायक कटुवाल माथि पर्‍यो । त्यसैले अनुसन्धानको लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गुरुङकी छोरी सोनिकाले कटुवाल विरुद्धको मुद्दा दर्ता गरेकी हुन् ।


कस्तो लाग्यो ?

यो पनि