जेठ ०४, २०८१, शुक्रबार
               

'धुलो'मा रिक्सा चालकको पिडा, यस्तो बन्यो ट्रेलर

नेपाल फ्ल्यास
फागुन ०६, २०७६

ADVERTISEMENT

संचारकर्मी प्रद्युम्न मिश्रले चलचित्र बनाएका छन् । काठमाडौंमा ठेला-रिक्सा चलाएर जीवन चलाइरहेका मजदुरको पिडा र भोगाईको कथालाई समेटेर उनले ‘धुलो’ नामक चलचित्र बनाएका छन् ।

फागुन १६ गतेबाट रिलिज हुने यस चलचित्र ट्रेलर सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्राको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा ठेलागाडा चालकको दुःखलाई देखाइएको छ ।

निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको बताए । लामो लामो समयको संचार र चलचित्रकर्मको अनुभवले ‘धुलो’ बनाएको सुनाए । 

चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्की लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा नीर शाह, सुशिल पोखरेल, लक्ष्मी बर्देवालाई बिशेष भूमिकामा प्रस्तुत गरिएको छ ।

दीपा धरेलको प्रस्तुति रहेको चलचित्रलाई लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन् । रविन आचार्यले खिचेको ‘धुलो’लाई अर्जुन जिसीले सम्पादन गरेका छन् । शंकर थापा र जुगल डंगोलको संगीत रहेको चलचित्रमा कविराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।


कस्तो लाग्यो ?

यो पनि