जेठ ०४, २०८१, शुक्रबार
               

विद्यालय पुनर्निर्माणमा सहयोग जुटाउन साङ्गीतिक कार्यक्रम

नेपाल फ्ल्यास
फागुन ०६, २०७६

ADVERTISEMENT

गोरखा भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवन पुनर्निर्माणमा सहयोग जुटाउन भृकुटीमण्डपमा साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

    भूकम्पले क्षतिग्रस्त भवन बनाउन चर्चित साङ्गीतिक समूह नेपथ्यले फागुन १७ गते काठमाडौंमा विशेष कार्यक्रम गर्न लागेको हो । हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा ‘शिक्षाका लागि सङ्गीत’ नाम दिइएको सो कार्यक्रम भृकुटीमण्डप बगैँचामा आयोजना गरिनेछ । 

     भूकम्पपछि सिन्धुपाल्चोकको ठोकर्पा माध्यमिक विद्यालयलगायत विभिन्न जिल्लाका विद्यालय भवन पुनर्निर्माण गर्न सघाएको हेल्प नेपालका कार्यक्रम संयोजक रोशेन्द्रध्वज खड्काले बताए। दोलखाको भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुननिर्माण सुरु भइसकेको छ । 
र्
    पूर्वाधार राम्रो हुँदा बालबालिकाको पठनपाठनमा पनि राम्रो प्रभाव पर्ने भएकाले अरु जिल्लाका लागि पनि नमुना हुने गरी विद्यालय पुनर्निर्माण गराउने हेल्प नेपालले जनाएको छ । कार्यक्रममा चर्चित गायक अमृत गुरुङलगायत कलाकारले प्रस्तुति दिने जनाइएको छ । 

    कार्यक्रमका लागि अग्रिम बुकिङ गर्नेलाई टिकटको मूल्य रु ९०० राखिएको छ । कार्यक्रमको दिन भने टिकटको मूल्य प्रतिव्यक्ति रु एक हजार २ सय ५० पुग्ने हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुणसिंह बस्नेतले सुनाए ।

‘मातृभूमिका लागि महिनामा एक पाउन्ड वा एक डलर’ भन्ने आह्वान गर्दै २० वर्षअघि बेलायतमा सो नेटवर्क स्थापना गरिएको हो । हेल्प नेपाल नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायतालगायतका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ । 
–––


कस्तो लाग्यो ?

यो पनि