जेठ ०३, २०८१, बिहीबार
               

नृत्यमा आधारित 'बोर्न टू डान्स' बन्ने

नेपाल फ्ल्यास
फागुन ०५, २०७६

ADVERTISEMENT

नृत्यमा आधारित रहेर चलचित्र ‘बोर्न टू डान्स’ निर्माण गर्ने भएको छ । एवी इन्टरनेशनलको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई अमन तामाङले निर्देशन गर्दैछन् ।

अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहने चलचित्रको लागि कलाकारको छनोट भने भइसकेको छैन् । नृत्यमा पोख्त कलाकार चहिने भएकाले सोहि किसिमका कलाकारको छनोट भइरहेको बताइएको छ । 

निर्माताका अनुसार यस चलचित्रमा विगत ५ बर्षदेखि काम भइरहेको छ । चलचित्रको छायांकन नेपाल, अमेरिका र क्यानडामा हुने बताइएको छ । 

बलिउडमा पनि डान्समा केन्द्रित रहेर केही चलचित्रहरु बनिरहेका छन् । तर, निर्देशक अमनका अनुसार ती चलचित्र भन्दा यो चलचित्र फरक हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि