जेठ ०६, २०८१, आइतबार
               

गायिका बसन्ताले ल्याइन् 'टाढैबाट बोलाउँदा छेक्यो डाँडैले' गीत

नेपाल फ्ल्यास
फागुन ०५, २०७६

ADVERTISEMENT

‘टाढैबाट बोलाऊ भने छेक्छ डाँडैले 
डाँडै माथि आऊँ भने नि सेक्छ जाडैंले‍‍‍...’

युटुवमार्फत आइतबार सार्वजनिक यो गीत गायिका बसन्ता प्रकृतिको दोस्रो एल्बमको हो । प्रेम, रोमान्स र बैशालु उमेरका सन्दर्भ जोडेर बनाइएको यस गीतको भिडियो हरेक प्रेम जोडीले आफ्नै महसुस गर्छन् । गीतमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीको अभिनय छ । कोरियोग्राफी तथा निर्देशन प्रदीप क्षेत्रको छ । 

गायिका बसन्ताको यो दोस्रो गीति एल्बमको पहिलो भिडियो हो । गीतमा गायिका बसन्तालाई चर्चित तथा लोकप्रिय सङ्गीतकार तथा गायक राजनराज सिवाकोटीले साथ दिएका छन् । सिवाकोटीकै सङ्गीत रहेको गीत डा. राजुबाबु श्रेष्ठले लेखेका हुन् । चारवटा गीत रहने पछिल्लो एल्बमको पहिलो गीत सार्वजनिक भए पनि अरू आउन बाँकी  छ ।

‘मनमा’ एल्बमबाट चर्चामा आएकी गायिका बसन्ता पछिल्लो समय गीत रेकर्डिङ तथा साङ्गीतिक कार्यक्रममा व्यस्त छिन् । सुमधुर स्वरकी धनी उनी  विशेष गरी युवापुस्तामाझ लोकप्रिय बन्दै गएकी छन् । गीत सङ्गीतलाई प्राणभन्दा प्यारो ठान्ने गायिका बसन्ता आफूले यस क्षेत्रमा धेरै सिक्न बाँकी रहेको बताउँछिन्  ।


कस्तो लाग्यो ?

यो पनि