जेठ ०६, २०८१, आइतबार
               

अमेरिकन आइडलमा पुगे काठमाडौंका दिपेश (भिडियो)

नेपाल फ्ल्यास
फागुन ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । एक नेपाली युवा अमेरिकन आइडलको मञ्चमा अडिसन दिन पुगेका छन् । 

उनले अडिसन मात्र दिएनन्, अडिसनबाट अर्को राउण्डको लागि छनोट हुन समेत सफल भएका छन् । काठमाडौंमा जन्मिएका उनी प्लस टू सकेर अमेरिका पुगेका हुन् । उनी हुन्, दिपेश पोखरेल ।

अमेरिकामा आर्थर गनको रुपमा परिचित २१ वर्षीय दिपेशले अमेरिकन आइडलको अडिसन दिने क्रममा आफ्नो परिचय दिए ।

तीनजना निर्णायकलाई भेट्ने बित्तिकै उनले ‘नमस्ते’ भन्दै अभिवादन गर्छन् । जवाफमा निर्णायकमा रहेकी गायिका केटी पेरीले दुई हात जोडेर नमस्ते फर्काउँछिन् ।

परिचयमा उनले नेपालमा जन्मु र हुर्कनु पाउनुलाई निकै प्रिय भनी उल्लेख गरेका छन् । उनलाई जजले दिपेशको अर्थ के हो भनी सोधेका छन्, जवाफमा उनले प्रकाश भनेका छन् ।

उनले नेपाललाई निकै सुन्दर देशको रुपमा पनि चिनाएका छन् । नेपालमा जताततै हिमाल, पहाड देखिने बताउँदै नेपालीहरु निकै मिलनसार हुने जानकारी गराएका छन् ।

सानैदेखि संगीतमा रुची राख्ने दिपेश काठमाडौंमा प्लस टु पास गरेर अमेरिका उडेका हुन् ।

अडिसनको क्रममा उनले पहिलो गितार आमामार्फत् पाएको र गितार पाएदेखि नै रेडियो, टिभीमा बज्ने गीतहरु बजाउन थालेको बताए ।

अमेरिकन आइडलमा अडिसन दिन पाउनुलाई उनले ‘ग्रेट डिल’ भनी प्रतिक्रिया दिएका छन् । यसलाई उनले आफ्नो अमेरिकी सपना पूरा गर्ने अवसरको रुपमा समेत हेरेका छन् ।

उनले अडिसनमा दुईवटा गीत गाएका छन् । र उनी अर्को चरणको लागि छनोट भएका छन् ।

उनको प्रस्तुती सुनेर जजहरु खुसी हुन्छन् । गायक तथा गीतकार  लियोनेल रिचीले उनलाई स्टेजमै गएर अँगालो हालेका छन् ।

अर्को निर्णायकले लुक ब्रायनले उनलाई ‘अद्वितीय कलाकार’ भने । केटी पेरीले उनलाई ‘रक स्टार’ को संज्ञा दिइन् ।

अन्तिममा सबै निर्णायकले बजर दबाउँदै उनलाई भन्छन्, ‘यू आर गोइङ्ग टु हलिउड ।’

यो पनि