जेठ ०६, २०८१, आइतबार
               

आफ्नो पार्टी जिताउन लडाई गर्दै सन्दीप र विल्सन

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

यसै साताको शुक्राबरबाट धुर्मुस-सुन्तलीको निर्माणमा तयार भएको चलचित्र ‘सेन्टी भाइरस’ रिलिज हुदैँछ । यस्तैमा आइतबार चलचित्रको प्रचार-प्रसारलाई सहयोग हुने भन्दै चलचित्रको नयाँ गीत सार्वजनिक भएको छ । 

सार्वजनिक ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतमा प्रमोद खरेल र विद्या तिवारीले स्वर दिएका छन् । सुशान्त गौतमको संगीत रहेको गीतमा हर्क साउदको शब्द छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कुन्जना घिमिरे, विल्सनबिक्रम राई, सन्दीप क्षेत्री, पुष्प आचार्य, मधुसुदन पाठक, एलिशा राई लगायतलाई फिचर गरिएको छ । दुई पार्टी बीच भएको द्वन्द्वलाई भिडियोमा देखाइएको छ । 

निर्माणाधिन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा खिचिएको गीतको भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका छन् । एलिस राई भिडियोका करियोग्राफर हुन् । 

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा सिताराम कट्टेल, दयाहाङ राई, वुद्धि तामाङ लगायतको पनि मुख्य भूमिका रहेको छ । धुर्मुस-सुन्तलीको निर्माणमा तयार भएको चलचित्रमा डिन्डु लामाको लगानी छ ।


कस्तो लाग्यो ?

यो पनि