जेठ ०६, २०८१, आइतबार
               

कलाकारिता असुरक्षित पेसा हो : राजेश हमाल

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

काठमाडौं । महानायक राजेश हमालले नेपालमा कलाकारिता अन्य पेसाभन्दा असुरक्षित रहेको बताएका छन् । आइतबार काठमाडौंमा जारी ‘नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव २०२० ’ (निफ) को कार्यक्रममा आफ्नो फिल्मी यात्राको अनुभव बाँड्दै हमालले कलाकारिता क्षेत्रमा स्थापित हुने निकै मुस्किल हुने बताए ।

‘यदि तपाई‌ कलाकारितामा लाग्न चाहनुहुन्छ भने कलाकारितासँगै अन्य पेसाको पनि योजना पनि साथमा लिएर प्रवेश गर्नुस्’, उनले भने ‘कलाकारितामा असफल हुनुभयो भने अर्काे पेसामा सफल हुन सक्नुहुन्छ । एउटा मात्रै पेसामा हात हाल्नु भयाे भने सफल हुन सक्नु हुन्न । त्यसैले अर्काे पेसामासँगै लैजानु आवश्यक छ’, हमालले भने ।

‘कलाकारिता अन्य पेसाभन्दा नितान्त फरक हो । हरेक मानिसले १७/१८ वर्षको उमेरमा हिरो/हिरोइन जस्तो लाग्छ । कुनै पनि फिल्मको हिरो हिरोइन भन्दा आफै पनि राम्रो छु भन्ने आफूलाई अनूभत गर्छ । हिरो जस्तो आफूलाई पनि चलचित्रको पर्दा देखिन हुटहुटी जाग्छ । तर त्यो हुटहुटीले मात्रै आफूलाई कलाकारितमा स्थापित हुन सजिलो छैन’, हमालले थपे । 

'तपाईको शारीरिक बनावाट राम्रो छ, आवाज राम्रो छ, तर तपाईलाई दर्शकले नाचेकै मन पराएनन् भने के गर्नु हुन्छ ? जति कोसिस गरे पनि सफल हुन सक्नु हुन्न् । कालान्तरमा गएर तपाई पश्चाप मान्नुपर्छ । त्यसैले आफूलाई गहन अध्ययन गरेर आउनुस् अनि मात्रै सफल हुन सक्नु हुन्छ,' हमालले थपे । 

चलचित्रकाे पर्दामा देख्दा जति सजिलो देखिन्छ, तर काम गर्न सजिलो नरहेको उनले बताए । 

‘तपाई डक्टर, इन्जिनियर वा अन्य कुनै पेसामा लाग्नुस् । तपाइको हिडाई, बोलाई, हँसाई जस्तो भए पनि फरक पर्दैन् । तर कलाकारिता यस्ता चिजहरुले  महत्व राख्छ’, उनले भने । 

‘यदि तपाईसँग ‘प्यासन’ छ, प्रस्तुत गर्ने क्षमता छ भने समाजमा असफल भएको पेसामा लाग्नुभयो भने तपाई सफल हुन सक्नुहुन्छ’, उनले भने । ‘यो पेसामा लाग्न मसँग सीप छ कि छैन ? त्यो सीपलाई परिचालन गर्ने प्यासन छ कि छैन ? आफूलाई चिनेर मात्रै कलाकारितामा लाग्न सक्नुहुन्छ’,  हमालले थपे । 

हमालले आफू तीन दशक लामो यात्रामा नेपाली चलचित्र बाट पछाडि फर्केर हेर्नुनपरेको समेत बताए । फागुन ५ गते सम्म चल्ने महोत्सवमा ४० देशका सबै विधाका ८० चलचित्रहरु महोत्सव प्रदर्शन भइरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि