जेठ ०६, २०८१, आइतबार
               

जसले जिते बिग बोस १३ को उपाधि

एजेन्सी
फागुन ०४, २०७६

ADVERTISEMENT

एजेन्सी । सिद्धार्थ शुक्लाले बिग बोस सिजन १३ को उपाधि हात पारेका छन् । 

सिद्धार्थ शुक्ला भारतीय टिभी जगतको चर्चित नाम हो । बिग बोसको उपाधिसँगै उनले ५० लाख भारु र एउटा कार जितेका छन् ।

करिब साढे चार महिनासम्म चलेको रियालिटी शोको फाइनलमा ६ जना प्रतिस्पर्धी (सिद्धार्थ शुक्ला, आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडा) पुगेका थिए । 

ग्रान्ड फिनालेमा सबैभन्दा पहिले पारस छाबडा बाहिरिएका थिए । उनले १० लाख भारु प्राप्त गरे ।

त्यसपछि जनताको भोटको आधारमा आरती सिंह, रश्मि देसाई र शहनाज गिल बिग बोसबाट बाहिरिए ।

फाइनलमा यो शोको सबैभन्दा चर्चित जोडी सिद्धार्थ शुक्ला र आसिम रियाजबीच प्रतिस्पर्धा चलेको थियो ।

यी दुईको सुरुमा दोस्ती र पछि दुश्मनीका कारण शो निकै चर्चित र विवादित भएको थियो । 

यी दुईले उक्त कार्यक्रममा थुप्रै पटक झगडा र हात हालाहाल गरेका थिए । अन्त्यमा सिद्धार्थ शुक्लाले सबैलाई पछि पार्दै उपाधि जित्न सफल भए ।


कस्तो लाग्यो ?

यो पनि