जेठ ०६, २०८१, आइतबार
               

भिलेन बन्दैछिन् ऐश्वर्या

एजेन्सी
फागुन ०४, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउड सुनदरी ऐश्वर्या राय बच्चन छिट्टै तमिल फिल्म 'पौनियिन सेल्वन' मार्फत फेरि फिल्मी पर्दामा इन्ट्री गर्दै छिन् ।

एक अन्तर्वार्तामा ऐश्वर्याले आफ्नो आगामी प्रोजेक्टको बारेमा जानकारी गराएकी हुन् ।  

उक्त फिल्ममा जयम रवि, विक्रम, मोहन बाबु, कीर्ति सुरेश, अनुष्का शेट्टी मुख्य भूमिकामा देखिनेछन् ।

फिल्म रिलिजको बारेमा भने निर्माण युनिटले कुनै जानकारी दिएका छैनन् ।

एक कार्यक्रममको सिलसिलामा चेन्नइ पुगेकी ऐश्वर्याले भनिन्, 'म पौनियिन सेल्वनको हिस्सा बन्न पुगेकी छु । मणि रत्नमको प्रोजेक्टमा सहकार्य गर्न पाउनु सम्मानको कुरा हो ।'

उनले भनिन्, 'मणि सर मेरो गुरु हो ।  मैले फिल्म इरुवर उहाँकै साथमा गरेको थिएँ ।'

खबरअनुसार, फिल्ममा ऐश्वर्या डबल रोलमा देखिनेछिन् । यस फिल्मको निर्माण लायका प्रोडक्शनले गर्ने छ ।

भिलेनको भूमिका 

मिडिया रिपोर्टअनुसार, ऐश्वर्या एक यस्तो महिलाको भूमिकामा देखिनेछिन्, जो शक्ति (पावर)को लागि जे पनि गर्नेछिन् ।


कस्तो लाग्यो ?

यो पनि